‘कानूनको अभावका कारण बैंकमा खर्बौं रकम थुप्रियो’

काठमाडौँ। सांसद सूर्यबहादुर थापा क्षेत्रीले कानूनको अभावका कारण बैंकमा तरलता धेरै भएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

सांसद थापाले बैंकमा खर्बौं रकम थुप्रने तर लगानी नहुने परिस्थिति कानूनको अभावका कारण भएको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्  ।

योसँगै उनले बैंक सञ्चालकहरु स्वतन्त्र हुनुपर्छ भन्ने विषयमा भने विज्ञहरुले प्रष्ट पारिदिनुपर्ने जनाएका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै