DISH HOME

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित )

काठमाडौँ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जेठ ११ गते सार्वजनिक भएको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका केही व्यवस्थाहरू नेपाल राष्ट्र बैंकले थथावत् राखेको छ भने केहीमा परिवर्तन गरेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमा, अनिर्वाय नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखेको हो।

त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर कर्जामा लाग्दै आएको जोखिम भार १२५ प्रतिशत रहेकोमा त्यसलाई घटाएर १०० प्रतिशतमा झारेको हो।

राष्ट्र बैंकले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने जनाएकाे छ । साथै, राष्ट्र बैंकले चेक बाउन्स सम्बन्धी छुट्टै कार्यविधि ल्याउने भएको छ। यस्तो छ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा:

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै