काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ०५ पैसा र बिक्री दर १३६ रुपैयाँ ६५ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५४ रुपैयाँ ६२ पैसा र बिक्री दर १५५ रुपैयाँ ३० पैसा रहेको छ । सोमबार बेलायती पाउण्डको खरिद दर १८४ रुपैयाँ १८ पैसा र बिक्री दर १८४ रुपैयाँ ९९ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३३ पैसा र बिक्री दर ३७ रुपैयाँ ४९ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: