PRABHU BANK

गोर्खाज फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १७८ प्रतिशतले बढ्यो

Gurkhas Finance
  • बैंकिङ संसार
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा १७८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले चालु आर्थिक वर्ष को सो अवधिमा १७ करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको हो ।
कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरणअनुसार फाइनान्सले समिक्षा अवधिमा १३ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा ३ करोड ५५ लाख रुपैयाँ कम हो । कम्पनीले गत वर्षको यसै अवधिमा १७ करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । त्यस्तै अन्य सञ्चालन आम्दानी बढेर १४ करोड ३० लाख रुपैयाँ पुगेको छ । हाल ८६ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा फाइनान्सले ७ अर्व ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्व ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत वर्षको सोहि अवधिमा निक्षेप ७ अर्व ३१ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्व ३४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै संस्थाको निष्कृय कर्जा बढेर ४.४२ प्रतिशत पुगेको छ । त्यस्तै संस्थाको प्रति सेयर आम्दानी ३९.२५ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १८५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै