prabhu

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण

काठमाडौँ। कामना सेवा विकास बैंकले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ। बैंकले श्री राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर चितवनका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।

बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयका विद्यार्थीलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

बैंकका प्रविण बर्तौलाले कार्यक्रममा बोल्दै  भरतपुर महानगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती थियो। बैंकले आगामी दिनहरुमा पनि सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै