काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्र बैंकका १८औं गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पौडेललाई सर्वोच्च अदालतमा आयोजित समारोहमा शपथ ग्रहण गराएका हुन्। गभर्नर पौडेलले शपथपछि राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा कार्यभार सम्हालेका छन्।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको नेतृत्वमा पूर्व गभर्नर र अर्थविद्हरूसहितको समिति गठन गरिएको थियो। लामो समयको विवादपछि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका हुन्। उनी अर्थशास्त्री र शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्ति हुन्।
समितिको सिफारिसमा आधारित रहेर मन्त्रिपरिषद्ले डा. पौडेललाई गभर्नरको रूपमा नियुक्त गरेको हो।