काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ७२ पैसा र बिक्री दर १३७ रुपैयाँ ३२ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५३ रुपैयाँ ७९ पैसा र बिक्री दर १५४ रुपैयाँ ४६ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १८२ रुपैयाँ ८१ पैसा र बिक्री दर १८३ रुपैयाँ ६१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५१ पैसा र बिक्री दर ३७ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: