PRABHU BANK

एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार

nmb bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु. २१००० प्रदान गर्ने घोषणा गरेको छ ।
यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु राष्ट्रका गौरव हुन् । खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ ।’
यो नगद पुरस्कारले पनि खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ । सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खाता मार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै