DISH HOME

गभर्नर सिफारिस समितिबाट पौडेलले दिए राजीनामा, सम्भावित गभर्नरका रूपमा अघि सरे

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन्। गभर्नर पदका लागि आफूलाई अगाडि बढाउने सहमति बनेपछि उनले समितिबाट राजीनामा दिएका हुन्।  जसले अब उनको गभर्नर बन्ने सम्भावना औपचारिक रूपमा खुला बनाएको छ।

पौडेलले आइतबार दिउँसो समितिका अध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन्। हालै सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिको विषयमा सहमति बनेको थियो, जसअनुसार कांग्रेसले पौडेलको नाम अघि सारेको हो।

यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाममा गभर्नर बन्ने चर्चा चलेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिको कारण भट्टको उम्मेदवारी अघि बढ्न सकेन। त्यसपछि कांग्रेसले डा. पौडेललाई वैकल्पिक उम्मेदवारको रूपमा प्रस्तुत गरेको हो।

गभर्नर सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष रहेका छन् भने सदस्यहरूमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल थिए। डा. पौडेलको राजीनापछि खाली भएको स्थानमा सरकारले नयाँ सदस्य नियुक्त गर्न अर्थशास्त्रीहरूबीचबाट चयन प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै