साना किसान लघुवित्तको नाफा ५४ करोड ५० लाख, इपीएस १६.८५ रुपैयाँमा झर्‍यो

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा कमाइएको ५३ करोड ४५ लाख रुपैयाँभन्दा १.९६ प्रतिशतले मात्र बढी हो।

खुद ब्याज आम्दानीमा गिरावट आएपछि नाफामा उल्लेख्य वृद्धि हुन सकेको छैन। यस अवधिमा लघुवित्तको कुल ब्याज आम्दानी ११.२६ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, सञ्चालन नाफा पनि ५.२४ प्रतिशतले घट्दै ७९ करोड १७ लाख रुपैयाँमा झरेको छ।

तर, आयकर खर्चमा केही कमी आएकोले नाफामा थोरै सुधार देखिएको हो । उता, कम्पनीको चुक्ता पुँजी १३.३० प्रतिशतले बढ्दै ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ पुगेको छ। रिजर्भ फण्डमा भने ४ अर्ब १० करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।

पुँजी वृद्धि भए पनि नाफामा त्यस्तो सुधार नआएपछि कम्पनीको प्रतिसेयर आम्दानी १.८८ रुपैयाँ घट्दै १६.८५ रुपैयाँमा झरेको छ। यद्यपि प्रतिसेयर नेटवर्थ २३१.७१ रुपैयाँ कायम छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै