काठमाडौं । नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ को अवधि असार मसान्तसम्म थप गरेको छ। नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना ग्राहकको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियाका कारण थप गरिएको बैंकले जनाएको छ।
योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क वा सदस्यता शुल्क नतिरी क्रेडिट कार्ड लिन सक्नेछन्। आवेदन प्रक्रिया सहज बनाउन ग्राहकले घर वा कार्यालयबाटै फारम भर्न सक्ने सुविधा दिइएको छ, र कार्ड पनि आफैंले चाहेको स्थानमा प्राप्त गर्न सकिनेछ।
बैंकका अनुसार, यो योजना आधुनिक बैंकिङ प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई वार्षिक शुल्कबाट मुक्त गर्न लक्ष्यित गरिएको छ। ग्राहकहरूले ‘Buy Now, Pay Later’ सुविधा अन्तर्गत शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन्, साथै विभिन्न आउटलेटहरूमा छुट पनि प्राप्त हुने व्यवस्था गरिएको छ।
नबिल बैंकका शाखाहरूबाट वा अनलाइनमार्फत https://nbankhome.nabilbank.com/digital-form/credit-card मा गएर आवेदन दिन सकिनेछ।
निजी क्षेत्रको अग्रणी बैंक नबिलले हाल २४ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नवीनतम डिजिटल सेवा प्रवर्द्धन गर्दै आएको नबिल बैंक नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।