prabhu

माछापुच्छ्रे बैंक र सीबीएल मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता, मलेसियाबाट पैसा पठाउन सहज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गर्दै मलेसियाबाट नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको छ। सोमबारदेखि लागू भएको यो सहकार्यले मलेसियामा रहेका नेपालीहरूलाई सजिलै पैसा पठाउन सहयोग गर्नेछ।

सम्झौतामा सीबीएल मनी ट्रान्सफरका सीईओ मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन्।

अब मलेसियामा रहेका नेपालीहरूले सीबीएल मनी ट्रान्सरका १५ शाखा वा ‘सिटी रेमिट’ एप प्रयोग गरी पठाएको रकम माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर सहज रूपमा प्राप्त गर्न सकिनेछ।

साथै, पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्तै जम्मा हुने व्यवस्था पनि गरिएको छ। थप रूपमा, माछापुच्छ्रे बैंकले मलेसियाका मोबाइल नम्बरमा आफ्नो मोबाइल बैंकिङ एप सेवा पनि उपलब्ध गराएको छ।

हाल बैंकले देशभर २७५ सेवा बिन्दु र २०४ एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै