prabhu

डिजिटल बैंकिङप्रति जागरूकता फैलाउन ज्योति विकास बैंकको सन्देशमूलक भिडियो सार्वजनिक

काठमाडौं । डिजिटल बैंकिङप्रति आम उपभोक्तालाई सचेत गराउने उद्देश्यले ज्योति विकास बैंकले नयाँ सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। मातातिर्थ औँसीको अवसर पारेर सार्वजनिक गरिएको यो भिडियोले डिजिटल सेवाको महत्व भावनात्मक तरिकाले प्रस्तुत गरेको छ।

भिडियोमा एक आमाको कथा देखाइएको छ, जसमा आमा सामाजिक सञ्जाल चलाउन सिपालु हुँदै गएकी छन् ‘छोरीको फोटोमा कमेन्ट गर्ने, टिकटक बनाउने र फेसबुकमा सक्रिय हुनेजस्ता काममा अभ्यस्त छिन्। तर जब डिजिटल बैंकिङको कुरा आउँछ, उनी झस्किन्छिन् र अझै पनि परम्परागत बैंकिङमै विश्वास राख्छिन्।

भिडियोको अन्त्यतिर छोरीले आमालाई डिजिटल बैंकिङप्रति आत्मविश्वास दिलाउने भावुक सन्देश दिन्छिन्। उनी भन्छिन्, ‘हाम्रो हरेक पाइलामा आमा साथ दिइन्, अब हाम्रो पालो हो-आमालाई डिजिटल संसारमा अघि बढ्न सघाउने, र डिजिटल ठगीबाट जोगाउने।’

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै