prabhu

‘कर्जा तिर्नुपर्दैन भन्ने भ्रमपूर्ण प्रचारलाई तोड्न आवश्यक छ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले ‘कर्जा तिर्नुपर्दैन’ भन्ने जस्ता भ्रमपूर्ण प्रचारलाई तोड्न राष्ट्र बैंकले कदम चाल्नुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘संस्थागत रुपमा कर्जा नतिर्ने अफवाह फैलिएको छ, त्यसलाई चिर्नुपर्छ, खराब कर्जामा समेत कैफियत देखिन्छ, यसमा राष्ट्र बैंक गम्भीर हुनुपर्छ।’

पूर्व गभर्नर क्षेत्रीलेले बदलिँदो प्रविधि र परिस्थिति अनुरूप राष्ट्र बैंकले कानुनी दायराभित्र रहेर आफ्नो कार्यसम्पादन डिजिटल प्रणालीमार्फत अगाडि बढाउनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

उनले नेपाल सम्पत्ति शुद्धिकरणको मामिलामा ‘ग्रे लिस्ट’ मा परेको अवस्थामा त्यसबाट बाहिरिन राष्ट्र बैंकले स्पष्ट कार्ययोजना बनाउनु पर्ने बताएका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै