prabhu

गभर्नर नियुक्तिको तयारी: अर्थमन्त्री पौडेलको निर्देशनपछि भट्टको राजिनामा स्वीकृत हुने संकेत !

काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजिनामा स्वीकृत गर्न कार्यवाहक गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन्। भट्टलाई गभर्नर बनाउने सहमति देउवाओली छलफलपछि बनेको बताइएको छ।

गभर्नर बन्ने योग्यतामाथि सर्वोच्चमा मुद्दा परेकाले प्रक्रिया ढिलाइ भएको थियो। अब भने अर्थमन्त्रीको निर्देशनपछि भट्टको राजिनामा स्वीकृत हुने सम्भावना बढेको छ। राष्ट्र बैंकको कामु गभर्नर ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धी भएकाले उनले राजीनामा स्वीकृत नगरेको आशंका गरिएको छ ।

यता उपप्रधानमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवत: उनले त्यसको पालना गर्ने मन्त्रालयले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै