PRABHU BANK

फरवार्ड लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

Forward Laghubitta
  • बैंकिङ संसार
सुनसरी । फरवार्ड लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने फागुन ४ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ५ गते बुकक्लोज गरेसँगै मंगलबारसम्म सेयर कायम गर्नुपर्ने भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रताव गरेको छ । यो प्रस्ताव परितका लागि कम्पनीले फागुन २१ गते साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय दुहबी सुनसरीमा बिहान ११ बजे हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै