काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ३८ पैसा र बिक्री दर १३६ रुपैयाँ ९८ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १५५ रुपैयाँ ४० पैसा र बिक्री दर १५६ रुपैयाँ ०८ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ ४१ पैसा र बिक्री दर १८२ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३१ पैसा र बिक्री दर ३७ रुपैयाँ ४८ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: