काठमाडौँ। नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना राष्ट्र बैंकको गभर्नर बन्ने सम्भावना देखिएको छ । नेपालको पहिलो महिला गभर्नर डा. निलम ढुंगाना तिम्सिना बन्ने सम्भावना देखिएको हो ।
उनलाई आजै राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने तयारी गरिएको बुझिएको छ। नेपाल सरकारले ढुंगानालाई मार्च २०२१ (फागुन २५, २०७७) मा नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरको रूपमा नियुक्त गरेको थियो ।
ढुंगाना नेपाल राष्ट्र बैंकको ६४ वर्षको इतिहासमा पहिलो महिला डेपुटी गभर्नर भएकी थिइन्। सोही समयदेखि उनले आफ्नो जिम्मेवारी लगनशीलता र कुशलतापूर्वक पूरा गर्दै आएकी छिन्।
अब ढुंगाना राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुने भएकी छिन्।