prabhu

राष्ट्र बैंकको गभर्नरको मापदण्ड फेरियो, गभर्नर बन्न ६५ वर्ष नाघेको हुनुपर्ने, को बन्छ अबको गभर्नर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरको मापदण्ड फेरिएको छ ।  राष्ट्र बैंकको गभर्नरको उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै फेरिएको हो।

‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’ मा संशोधन गरी उमेरको अधिकतम हदसम्बन्धी व्यवस्था नै हटाइएको छ । राष्ट्र बैंकको गभर्नर बन्न ६५ वर्ष नाघेको हुनुपर्नेछ।

मापदण्डको दफा ३ को ‘ग’ मा उमेरसम्बन्धी व्यवस्था तोकिएको थियो । उक्त व्यवस्थाअनुसार मन्त्रालयअन्तर्गतका सार्वजनिक निकायमा कार्यकारी प्रमुख नियुक्तिका लागि ३० वर्ष उमेर पुगी ६५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था रहेको थियो।

हाल सो बुँदा नै हटाइएको छ। २०८१ साल फागुन २७ गते उक्त मापदण्ड नेपाल सरकारले स्वीकृत गरेको उल्लेख गरिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै