prabhu

गोर्खाज फाइनान्समा सिइओ माग, १५ दिनभित्र आवेदन दिन आग्रह

काठमाडौँ । गोर्खाज फाइनान्सले कर्मचारी माग गरेको छ।  कम्पनीले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । हालै ज्ञानेन्द्र इवाहाङ र प्रकाश चन्द्र अधिकारीको सीईओ नियुक्ति नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खारेज गरिएको थियो। कम्पनीले सोही रिक्त पद पूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो।

कम्पनीका अनुसार सीईओ पदका लागि उम्मेदवारले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ।

साथै, कम्तीमा १० वर्षको कार्यानुभव भएकालाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै