PRABHU BANK

‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ, संवेदनशीलतालाई बुझेर मात्र अगाडि बढ्नुहोस्’

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र एकदमै संवेदनशील रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघको सहकार्यमा काठमाडौँमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा उनले भने, ‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ, त्यसैले सञ्चार माध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ ।’

उनले सही सूचना सम्प्रेषण होस् र गलत सूचना प्रवाह नहोस् भनेर राष्ट्र बैंकले विविध कार्यक्रम गर्दै आएको बताएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Financial Literacy
mobile banking
commercial bank