पाँच सय दरका २३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट बैंकले नयाँ नोट छाप्ने भएको छ। राष्ट बैंकले पाँच सय दरका २३ करोड थान नयाँ नोट छाप्ने भएको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै ५०० दरका नयाँ नोट प्रचलनमा ल्याउन नयाँ नोट छाप्न लागिएको जनाएको छ । नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ।

इच्छुक आपूर्तिकर्ताले वैशाख ३० गतेसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै