DISH HOME

सिटिजन्स बैंकले वितरण गर्यो विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौँ । सिटिजन्स बैंकले लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ।  बैंकले कोशी प्रदेश मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको हो  ।

उक्त विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा सहजता होस् भन्ने हेतुले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विद्यालयमा आयोजित एक समारोहकाबीच सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् । पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।

साथै, आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै