काठमाडौँ । वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप संकलन एकैदिन ४ अर्ब रुपैयाँले बढेको हो।
चैत्र ११ गते ६० खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले १२ गते ६० खर्ब २९ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका हुन् । जुन ४ अर्ब रुपैयाँले बढी हो।
यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने स्थिर रहेको छ । चैत्र ११ गते ४८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूले १२ गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन्।
हाल बैंकहरुको सिडी रेसियो ७९.५३ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।