तिनकुनेमा आन्दोलनकारीले कुमारी बैंकमा तोडफोड गरे, कर्मचारी लुके, ग्राहक भागे !

काठमाडौँ । आन्दोलनकारीले कुमारी बैंकमा तोडफोड गरेका छन्। राजावादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बन्दै तीनकुनेस्थित कुमारी बैंकमा तोडफोड गरेका हुन्।

बैंकमा तोडफोड हुँदा बैंकका कर्मचारीहरू लुकेका थिए भने बैंकका एक ग्राहकहरू भाग्दै गरेका थिए।

आन्दोलनकारीले बैंकमा ढुंगा प्रहार गर्दा घरका सिसा सबै फुटेका छन् । योसँगै आन्दोलनकारीले तीनकुनेका व्यापारी घर र पसलहरूमा समेत ढुंगामुडा प्रहार गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्