PRABHU BANK

एनआईसी एशिया बैंकको क्यूरआर भुक्तानी सेवा पूर्वी नेपालको गोरखा डिपार्टमेन्ट स्टोरमा

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूरआर कोड भुक्तानी सेवा उपलब्ध गराएको छ । बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूरआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ ।
जसमार्फत कम्प्युटरको स्कृनमै क्यूरआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्ने भएका छन् । फोन पेमा आबद्ध बैंकका ग्राहकहरूले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका ४ वटा शाखाहरूबाट क्यूरआर भुक्तानी सेवा प्रयोग गर्न सक्ने भएका छन् । स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृृद्धि भएसँगै क्यूरआर बाट भुक्तानी गर्ने ग्राहकहरूको संख्यामा समेत तीव्र रुपमा वृृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकलाई ऋबकजभिकक भ्अयलयmथ बनाउन सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो ।
डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर ४१ हजार भन्दा बढी क्यूरआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । बैंकले ३ सय ५२ शाखा कार्यालयहरू, ४ सय ७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित सेवाममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै