मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आजै ल्याउने तयारीमा राष्ट्र बैंक, साँझ ५ बजे बोर्ड बैठक बस्दै !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (आज) मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१-८२ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको हो।

मंगलबार साँझ ५ बजेपछि सञ्चालक समिति (बोर्ड) को बैठक बस्दैछ। बैठकको मुख्य अजेन्डा नै मौद्रिक समीक्षा हो। बैठकले मौद्रिक समीक्षा पारित गरेसँगै सार्वजनिक हुनेछ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको यो अन्तिम मौद्रिक समीक्षा अझै सार्वजनिक हुने पक्कापक्कि नै भएको छ।

मौद्रिक समीक्षा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार गरेर व्यवस्थापन समितिलाई बुझाएको थियो। व्यवस्थापन समितिमा पनि समीक्षामाथि छलफल भइसकेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्