नेपाल बैंकको अध्यक्षमा थान प्रसाद नियुक्त

काठमाडौँ । नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । कम्पनीको फागुन ९ गते बसेको सञ्चाल समितिको बैठकले पंज्ञानीलाई नियुक्त गरेको हो ।

बैंकका अनुसार नवनियुक्त अध्यक्ष पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

उनी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्