PRABHU BANK

एकैदिन ५ अर्ब रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, कुल निक्षेप ६० खर्ब नाघ्यो !

काठमाडौँ । वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो।

बैंकहरुको निक्षेप फागुन २ गते एकैदिन ५ अर्ब रुपैयाँले बढेको हो। फागुन १ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ९८ अर्ब रुपैयाँ थियो।

यता बैंक तथा वित्तीय संस्थाबाट फागुन २ गतेसम्म ५४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरुको भने कुल कर्जा प्रवाह ४८ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ।

बैंकहरुको औसत सीडी रेसियो ७९.४८ प्रतिशत रहेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै