काठमाडौँ । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ। बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग स्वरुप २ लाख ४५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
बैंक सञ्चालक समितीका सदस्य रामचन्द्र सिग्देल र अर्जुन थापाले संयुक्त रुपमा साहारा फुटबल एकेडेमीका अध्यक्ष केशव राज बराललाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा सञ्चालक अर्जुन थापाले साहारा फुटबल एकेडेमीमा आश्रित विद्यार्थी बालबालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साथै, एकेडेमीले खेलकुदको उन्नतिको लागि निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा प्रशंशा समेत गरेका छन् ।
कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रबन्धकहरु, क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, उपाध्यक्ष चित्र बहादुर पुन, कोषाध्यक्ष विनु राना मगर, सहकोषाध्यक्ष अशोक लालचन, पुर्व सहकोषाध्यक्ष लिल बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकाली र सल्लाहकार सुनिल गुरुङ लगायतका सरोकारवालाहरुको उपस्थिती थियो ।