काठमाडौँ । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई राष्ट्र बैंकले पुनर्बहाली गरेको छ । राष्ट्र बैंककी एक उच्च महिला अधिकारीलाई दुर्व्यवहार गरेपछि सेवाबाट बर्खास्त भएका राष्ट्र बैंकका निर्देशक आचार्यलाई राष्ट्र बैंकले पुनर्बहाली गरेको हो ।
राष्ट्र बैंकका अनुसार प्रशासकीय अदालतको आदेश अनुसार आचार्यलाई माघ १३ गतेदेखि सेवामा पुन: फिर्ता गरिएको हो ।
राष्ट्र बैंकले गत पुष २७ गते नगरकोटको होटल माउन्टेन मिस्टिकमा राखेको एक कार्यक्रममा आचार्यले बैंककि एक सिनियर कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । सञ्चालक समितिको बैठकले महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा आचार्यलाई २०८० चैत ६ गतेदेखि लागू हुने गरी बर्खास्त गरेको थियो ।
यता, आचार्यमाथि महिला माथि दुर्व्यवहार गरेको आरोपमा पुन: कारबाही प्रक्रिया भने अघि बढ्नेछ ।