काठमाडौँ । ज्योति विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च मेनेजर र रिलेसनसिप मेनेजर पदका लागि रोजगारी खुलाएको हो ।
इच्छुक तथा योग्ता पुगेका नेपालि नागरिकहरुले माघ २४ गतेभित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा दुई वर्ष काम गरेकालाई प्राथमिकता दिइनेछ ।
साथै, आवेदकले व्यावसायिक प्रशासन, वित्त, अर्थशास्त्र वा मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक डिग्री वा समकक्षको योग्यता हुनुपर्ने बैंकले जनाएको छ ।
योसँगै आवेदन दिने व्यक्ति ३० वर्ष ननाघेको हुनुपर्नेछ ।