काठमाडौँ । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) क्रमश: घट्दो क्रममा रहेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको औसत आधार दर पछिल्लो एक महिनामै ०.२१ प्रतिशत बिन्दुले घटेको हो ।
माघ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८१ प्रतिशत रहेको छ । पुसमा भने बैंकहरुको औसत आधार दर ७.०२ प्रतिशत थियो ।
त्यस्तै, माघ महिनामा ३ बैंकको आधार दर ६ प्रतिशतभन्दा मुनि आएको छ । सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको ५.१९ प्रतिशत रहेको छ ।
यता, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.६४ प्रतिशत र एभरेष्ट बैंकको आधार दर ५.६६ प्रतिशत छ भने ७ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ । सबैभन्दा धेरै आधार दर हुनेमा एनआइसी एसिया बैंक रहेको छ । उक्त बैंकको आधार दर ७.७५ प्रतिशत रहेको छ ।