काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको निक्षेप संकलन एकैदिन २ अर्ब रुपैयाँले घटेको हो।
माघ ६ गते ६७ खर्ब १८ अर्ब निक्षेप संकलन भएको बैंकहरूको माघ ७ गते ६७ खर्ब १४ अर्ब निक्षेप संकलन भएको छ।
यता, वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि एकैदिन २ अर्ब रुपैयाँले बढेको छ। माघ ६ गते ५९ खर्ब ७९ अर्ब निक्षेप संकलन भएको बैंकहरूको माघ ७ गते ५९ खर्ब ७७ अर्ब निक्षेप संकलन भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सिडी रेसियो ७८.३० प्रतिशत छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।