काठमाडौँ । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीका सिइओलाई कारवाही गरेको छ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको पाइएपछि राष्ट्र बैंकले ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सिइओलाई कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका सिइओ रहेका छन्।
यता, फाइनान्सतर्फ समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आईसिएफसि फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सिइओ राष्ट्र बैंकको कारवाहीमा परेका छन् ।