काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेप भुक्तानीको काम रोकिएको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहले तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनको काम भइरहेकोले पुष २६ गते सम्मका लागि निक्षेप भुक्तानीको काम रोकेको हो ।
बैंकमा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको काम पुन: शुरु हुने बैंकले जनाएको छ । कर्णाली डेभलपमेन्ट बैंकले गत पुस १७ गतेदेखि निक्षेप फिर्ता गर्न थालेको थियो ।
बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गरेको थियो ।