काठमाडौँ । माछापुच्छ्रे बैंकले सीईओलाई एक वर्षमा तलब भत्ताबापत पौने २ करोड रुपैयाँ भुक्तानी गरेको छ । बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा मात्रै तलब भत्ताबापत कुल १ करोड ८६ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
बैंकले सीईओलाई तलब मात्रै ७४ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकका अनुसार सीईओलाई भत्ता बापत ६७ लाख २० हजार रुपैयाँ, सुविधा बापत १६ लाख ३४ हजार र बोनस भत्ता बापत २९ लाख ७ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
त्यस्तै, बैंकबाट सीईओले लिएको तलब भत्ताबापत ३९ प्रतिशतसम्म कर राज्यलाई गएको छ ।