prabhu

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ह्वात्तै बढ्यो, कुन बैंकको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल गैरबैंकिङ सम्पत्ति ३८ अर्ब २६ करोड नाघेको हो ।

गत आर्थिक वर्षको कात्तिकसम्ममा बैंकहरुको गैरबैंकिङ सम्पत्ति २१ अर्ब ९१ करोड रुपैयाँ बराबर रहेको थियो । समिक्षा अवधिसम्ममा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ११ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ४ अर्ब २८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब १ करोड रुपैयाँ र हिमालयन बैंकको २ अर्ब ७६ करोड  रहेको छ ।

त्यस्तै, कुमारी बैंकको २ अर्ब ६१ करोड, नबिल बैंकको २ अर्ब ५९ करोड, प्राइम कमर्शियल बैंकको १ अर्ब ७५ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब ६१ करोड र माछापुच्छ्रे बैंकको १ अर्ब १२ करोड, प्रभु बैंकको १ अर्ब ५ करोड, एनएमबि बैंकको ९२ करोड, सिटिजन बैंकको ८१ करोड, प्रभु बैंकको ७९ करोड, सिद्धार्थ बैंकको ७० करोड, सानिमा बैंकको ६७ करोड, एभरेस्ट बैंकको ५१ करोड, नेपाल एसबीआई बैंकको ३५ करोड, राष्ट्रिय वाणिज्य बैंकको २९ करोड र नेपाल बैंकको २० करोड गैरबैंकिङ सम्पत्ति रहेको छ ।

यता, स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने कुनैपनि गैरबैंकिङ सम्पत्ति नरहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै