prabhu

विकास बैंकहरुले २ अर्ब बढी नाफा कमाए, सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमायो

काठमाडौँ । राष्ट्रियस्तरका विकास बैंकहरुले २ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्ष २०८१-८२ को कात्तिकसम्ममा ८ वटा विकास बैंकहरुले २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त बैंकहरुको नाफा ३१.४३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका थिए। त्यस्तै, समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले ४२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

यता, गरिमा विकास बैंकले ३६ करोड ८४ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकले २९ करोड ३७ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले २४ करोड ७१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले २० करोड १६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १३ करोड ६८ लाख रुपैयाँ र ज्योति विकास बैंकले ६६ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै