PRABHU BANK

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गोरख राणा नियुक्त भएका छन् । उनी बैंकको सीईओ पदमा नियुक्त हुने पहिलो नेपाली बनेका छन् ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डेपुटी सीईओ गोरख राणालाई सीईओमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकले विदेशी नागरिकलाई मात्रै सीईओ बनाउँदै आएको थियो ।

बैंकका सीईओ अनिर्भान घोष दास्तिदारको कार्यकाल सकिएपछि राणा बैंकको सीईओमा नियुक्त भएका हुन् । उनले आउँदो जनवरी १ देखि सीईओको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।

त्यस्तै, गोरख राणा पछिल्लो पटक सन् २०२२ मा बैंकको डेपुटी सीईओमा नियुक्त भएका थिए । उनले अमेरिकाबाट एमबीए गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै