काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एकैदिन १ अर्ब रुपैयाँले बढेको हो ।
मंसिर १५ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन १ अर्बले निक्षेप बढेर मंसिर १६ गते ६६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पनि १ अर्ब रुपैयाँले बढेको छ । मंसिर १५ गते ५८ खर्ब ५ अर्ब निक्षेप सङ्कलन भएकोमा १६ गते ५८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
यता बैंकहरुको औसत सीडी रेसियो ७८.५९ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।