PRABHU BANK

नेपाल बैंकको २०५औं शाखा कार्यलय दैलेखमा, मधुकुमार मरासिनी र रत्न बहादुर खड्काद्धारा उद्घाटन

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले २०५औं शाखा कार्यलय दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा संचालनमा ल्याएको हो । चैत ४ गते बुधवार नेपाल बैंक लिमिटेडका संचालक समिति अध्यक्ष मधुकुमार मरासिनी र नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि उक्त शाखाको उद्घाटन गरेका हुन् ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरि बैंकसँग साझेदारी गर्न ग्राहकहरुलाई अनुरोध गरे । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिती रहेको थियो ।
समाहरोह सीईओ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिका प्रमुख रत्न बहादुर खड्का र दैलेख जिल्ला उध्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर विक विशिष्ट अतिथी रहेका थिए भने समाहरोहमा जनप्रतिनिधी, व्यापारी/ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक तथा जेष्ठ नागरिकको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै