PRABHU BANK

मुक्तिनाथ विकास बैंकले ल्यायो फागु पुर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागु पुर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तर्गत गत चैत्र ६ गतेदेखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १ सय रुपैयाँमानै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने भएको छ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम वा आवेदन पनि सो समयभित्र दिईसक्नु पर्ने भएको छ । साथै ग्राहकले खाता खोलेको मिति देखि ३ महिना सम्म मुक्तिनाथ मोबाइल बैंकिङको सुविधा निःशुल्क लिन सक्ने भएका छन् ।
यस होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्ने भएका छन् । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने बैंकले व्यवस्था गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै