PRABHU BANK

राष्ट्रिय खाद्य बैंकले २३ वटा जिल्लामा अन्न उत्पादनको तयारी थाल्यो

Rashtriya Khadhya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय खाद्य बैंकले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उत्पादनको तयारी गरेको छ । बैंकका अध्यक्ष शंकर उप्रेतीले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उत्पादन गर्ने प्रक्रिया अगाडि बढाएको शनिबार पत्रकार सम्मेलन गरी बताएका हुन् । उप्रेतीले असल माटो भए मात्र असल उत्पादन गर्न सकिने, राष्ट्रिय खाद्य बैंकले २३ वटा जिल्लामा अन्न उत्पादन गर्न लागेको र विस्तारै अन्य तरकारी तथा फलफुलहरु उत्पादन गर्दै जाने पनि बताए ।
काठमाडौको नँया बानेश्वरमा केन्द्रिय कार्यालय भएको बैंकले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा समेत जान लागेको उप्रेतीले जानकारी गराए । उप्रेतीले बैंकको सार्थकता र औचित्यको बारेमा जानकारी गराँउदै बैंकले कृषि, पशु, जडिबुटी लगायतका हरेक उत्पादनसँग सम्बन्धित उत्पादन र अनुसन्धान अन्तर्गतका कार्यहरु समेत गर्दै जाने प्रस्ट्याए । यस्तै उनले खाद्य बैंकमा ८ वटा बैंकले लगानीको चासो देखाएको पनि बताएका छन् । ६ वटा कमर्शियल बैंक र दुई वटा विकास बैंकले पोजेक्टको माग गरेको उनको भनाइ छ । 
उनका अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, सनराइज बैंक, मेगा बैंक, प्राइम बैंक, गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले प्रोजेक्ट माग गरेका छन् । पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नारासहित स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले बिग्रेको माटोलाई सपार्दै जैविक खेती पद्धतीबाट उत्पादन गर्ने लक्ष्य लिएको छ । किसान र उपभोक्तालाई समेत जैविक खेतीको बारेमा प्रयाप्त जानकारी र विकल्प समेत दिएर अगाडी बढ्ने उप्रेतीको भनाई छ । बैंकले उत्पादनको बाली पात्रो बनाएर बैंक अगाडि बढ्ने कुरा आँल्याउदै उप्रेतीले विभिन्न क्षेत्रका विज्ञहरुको समुह बैंकमा भएको र विभिन्न बालीहरुका जातका बिउहरु समेत उत्पादन गरीने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै