PRABHU BANK

१४ स्थानमा रहेको घरजग्गा बिक्री गर्दै एनएमबि बैंक

काठमाडौँ । एनएमबि बैंकले आफ्नो नाममा रहेको घरजग्गा बेच्ने भएको छ । बैंकले देशभरका ५ जिल्लाको १४ स्थानमा रहेको घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकले सुनसरीको धरानमा तीन वटा कित्ताको घरजग्गा, मोरङमा एउटा कित्ताको जग्गा, सिराहाको रामनगरको तीन वटा कित्ताको जग्गा, दैलेखको नारायणमा रहेको तीन वटा कित्ताको घरजग्गा र रुपन्देहीको केरवानी तथा मधवलियामा रहेको घरजग्गा लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

बैंकको सम्पत्ति खरिद गर्न चाहने व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै