काठमाडौँ । मुक्तिनाथ विकास बैंक दोस्रो पटक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । बैंक श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत सर्टिफिकेट अफ मेरिट अवार्डबाट सम्मानित भएको हो ।
बैंक २०२१ मा पनि सोही अवार्डबाट सम्मानित भएको थियो ।
उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।