PRABHU BANK

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

काठमाडौँ । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । बैंक र  उक्त कम्पनीबीच ‘एलिपे प्लस’ को नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल-पे मर्चेन्टहरूका क्यूआर कोडमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल-पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा एलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ ।

त्यस्तै, चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायत देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरओपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

एभरेष्ट बैंकले आफ्ना ३९ हजार एक सय ६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १० हजार ९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३ हजार तीन सय ५० एटिएमहरु तथा १५ हजार सात सय १९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना १४ लाखग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै