PRABHU BANK

बैंकहरुमा लगानी गर्दै राष्ट्र बैंक, कात्तिक २७ गतेसम्म आवेदन दिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ८३ करोड २० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २५ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ८ करोड ५० लाख रुपैयाँ गगानी गर्न लागेको छ ।

यो रकम ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक २७ गते साँझ ७ बजेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै