काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर पाउने भएका छन् । बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका हुन् ।
बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा ‘फ्ल्याई यति’ प्रोमो कोड प्रयोग गरी पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन । यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन ।
यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।