PRABHU BANK

एकैदिन ४ अर्ब रुपैयाँले घट्यो बैंकहरूको निक्षेप, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एकैदिन ४ अर्ब रुपैयाँले घटेको हो ।

कात्तिक ४ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ३७ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन ४ अर्बले निक्षेप घटेर कात्तिक ५ गते ६६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप सङ्कलन पनि ३ अर्ब रुपैयाँले घटेको छ । कात्तिक ४ गते ५९ खर्ब २ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकले ५ गते ५८ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेका हुन् ।

यता बैंकहरुको औसत सीडी रेसियो ७८.११ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै